गणपति माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट

गणपति माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट


बैंकिङ्ग समाचार ।
गणपति माइक्रोफाइनान्सको खुद नाफामा ६९.२८ प्रतिशतको उच्च गिरावट देखिएको छ ।

कम्पनीले गत आवको पहिलो तीन महिनामा ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको यसै अवधिमा ११ लाख ३२ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको हो ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८२ प्रतिशतबाट २.७५ प्रतिशतमा बढ्दा सम्भावित जोखिम बापतको व्यवस्थाको लागि धेरै (२ करोड २ लाख रुपैयाँ) रकम छुट्याउँदा खुद नाफामा सोझो असर पुगेको हो ।

चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक ४.९० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९८.५३ प्रतिशत छ ।

असोजसम्ममा लघुवित्तले ३४ करोड ९७ लाख रुपैयाँ निक्षेप र एक अर्ब २ करोड ७४ लाख रुपैयाँ सापटी लिएर कूल १ अर्ब ४५ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी घटेर १ करोड ८३ लाख ३२ हजार रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १ करोड ५९ लाख ७६ हजार रुपैयाँ ऋणात्मक बन्न पुगेको छ ।