सुर्खेत जिल्ला प्रशासन कार्यलयमा प्रभू बैंकको एक्स्टेन्सन काउण्टर

सुर्खेत जिल्ला प्रशासन कार्यलयमा प्रभू बैंकको एक्स्टेन्सन काउण्टर


बैकिङ्ग समाचार ।

प्रभु बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट बिहीबार देखि कारोबार सुरु गरको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आप्mनो सेवा विस्तार गरेको हो । बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।