सनराइज बैंकको बाग्लुङ शाखा सञ्चालनमा

सनराइज बैंकको बाग्लुङ शाखा सञ्चालनमा


बैकिङ्ग समाचार ।

सनराइज बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा सो शाखा सञ्चालनमा ल्याएको हो । साथै बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैजनाथ वडा नं ७ का वडा अध्यक्ष गोपाल थारुको उपस्थिति भएको थियो । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ । सो सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन ।

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।