काठमाडौं – सशस्त्र प्रहरीले महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरका अवैध रूपमा चोरी–निकासी गरिएका एप्पल एयरपड्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको टोलीले महोत्तरीको सोनमा गाउँपालिका–६ स्थित मगरथाना सीमावर्ती क्षेत्रबाट उक्त एयरपड्स बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका एप्पल एयरपड्सको संख्या १ हजार २०० थान रहेको छ। बरामद सामग्रीको अनुमानित मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको जनाइएको छ। बरामद एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।






About Us
प्रतिक्रिया