देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु


काठमाडौं-नुवाकोटको विदुरस्थित देवीघाटमा तादी खोलामाथि ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण देवीघाटस्थित पक्की पुल बगेपछि सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न लागिएको हो।

एक्रो ब्रिज जडानका लागि आवश्यक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुल निर्माण तथा जडानको काम पनि नेपाली सेनाले नै गरिरहेको छ।