काठमाडौं- रसुवा बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि टनेलभित्र फसेका ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। बाढी आएको ११औँ दिनमा टनेलभित्रबाट उनको उद्धार सम्भव भएको हो। उद्धार अभियानमा नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीको संयुक्त प्रयास रहेको बताइएको छ।






About Us
प्रतिक्रिया