सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि ५ लाख आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि ५ लाख आर्थिक सहयोग


बैंकिङ्ग समाचार ।
सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन ।

उक्त रकम सामुदायिक विकास समितिले सुविधानगर स्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ ।

स्थापना काल देखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।