काठमाडौं – भदौ १० गते आएको बाढीका कारण भएको क्षतिले हालसम्म २५ अर्ब भन्दा बढीको दाबी परेको छ। गत सोमबारसम्म विभिन्न १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख बराबरको बीमा दाबी परेको हो।
बीमा प्राधिकरणकाअनुसार ५८३ वटा बीमालेखको २५ अर्ब बढी दाबी परेको हो। प्राधिकरणले सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको जनाएको छ। कम्पनीमा ८ वटा बीमालेखको १३ अर्ब ४ करोड २१ लाख बराबरको दाबी परेको छ।
युनाइटेड अजोडमा ४ अर्ब ९७ करोड, सानिमा जिआईसीमा २ अर्ब १० करोड र सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड बढीको दाबी परेको प्राधिकरणले जनाएको छ।







About Us
प्रतिक्रिया