प्रभु बैंकको खुद नाफा ३५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?

प्रभु बैंकको खुद नाफा ३५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?


बैंकिङ्ग समाचार ।
प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३५.२५ प्रतिशतले बढेर ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १७ करोड ५६ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ५ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले ११ करोड ९८ लाख रुपैयाँले बढाएको हो । प्रथम त्रैमासको आधारबाट बैंकले ६.८१ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता बनेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब ३३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब २५ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा ३.५३ प्रतिशतले निक्षेप संकलन बढाएको बैंकले १६.७५ प्रतिशतले कर्जा लगानी बढाउँदा खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २०.४१ र सञ्चालन नाफा ४०.४९ प्रतिशतले बढोत्तरी भएको छ ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३२.९६ रुपैयाँ छ । जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको बैंकको यस अवधिमा प्रतिशेयर नेटवर्थ १५५.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.२२ गुणा छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.६७ प्रतिशत र आधार दर ७.३९ प्रतशितमा सुधारिएको छ । बैंकको पूँजी कोष अनुपात ११.६३ प्रतिशतमा खुम्चिँदा बैंकलाई व्यवसाय विस्तारका लागि दीर्घकालीन स्रोत जुटाउनुपर्ने बाध्यता छ । बैंकको कोषको लागत ४.८९ प्रतिशत र स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ ।