ग्राहकको मन छुने नबिलको त्यो सन्देशमुलक भिडियो !

ग्राहकको मन छुने नबिलको त्यो सन्देशमुलक भिडियो !


बैंकिङ्ग समाचार ।
विज्ञापन धेरै किसिमका हुन्छन् ।  विज्ञापन एउटा यस्तो कला हो, जसले मानिसलाई आफुसँग नभएको पैसाले आफूलाई खाँचो नभएको वस्तु पनि किनौं(किनौं लाग्ने बनाइदिन्छ । मानिसको दिमागमा यसको प्रभाव सजिलै पर्न सक्छ । हामीले आजभोलि रेडियो, टीभी, होर्डिङ बोर्डजस्ता विभिन्न माध्यमबाट अनेकौं विज्ञापनको बाढी नै आएको देख्न सक्छौं ।

तिनीहरू कति सही र कति गलत छन्, त्यो आफ्नो ठाउँमा होला तर तिनीहरूको प्रभाव मानिसमा अवश्य पर्छ । कहिलेकाहीँ विज्ञापनले पनि सन्देशमुलक कथाहरु प्रस्तुत गर्छन । यो राम्रो पक्ष हो । यस्तै खाले नबिल बैंकको विज्ञापन बजारमा अहिले भाइरल छ । कोरोना माहामारीको बेलामा समय सुहाउँदो सन्देशहरु दिने अभियानलाई बैंकले निरन्तरता दिएको हो ।  

तिहारको समयमा सुरक्षित रहनका लागि सन्देश प्रवाह गर्दै बैंकले तिहारको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । डिजिटल कारोबारले असहज परिस्थितीमा दिलाउने खुसी समेटिएको उक्त भिडियो लोकप्रिय भएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भएको बैंकको बुझाई छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको बैंकले बताएको छ । 

नबिल बैंकको सन्देशमुलक भिडियो