पोखरा- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखराले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ६१ हजार ६९४ रूपैयाँ सहयोग गरेको छ।
संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
सिवाईसी नेपाल लघुवित्तका अनुसार संस्थाको तर्फबाट ५ लाख सिवाईसी नेपाल लघुवित्तद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ६१ हजार रूपैयाँ सहयोग तथा संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३ लाख ६१ हजार ६९४ रूपैयाँ गरी कुल ८ लाख ६१ हजार ६९४ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।
नेपाल सरकारले विपद्पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गरेको आह्वानलाई आत्मसात् गर्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। संस्थाले विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताउँदै प्रभावित परिवारप्रति समवेदना तथा शीघ्र पुनःस्थापनाको कामना गरेको छ।






About Us
प्रतिक्रिया