रसुवासहित बाढी प्रभावितको राहतका लागि रिलायबल नेपाल लाइफको ५१ लाख सहयोग


काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीको ९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरिएको हो। कम्पनीका सीईओ नारायणबाबु लोहनी र नायव सीईओ दिपेशबाबु तिवारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले विपद्बाट प्रभावित समुदायप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।