वाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण

वाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण


बैंकिङ्ग समाचार । 
वाणिज्य बैंकका मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । संक्रमितमध्ये अधिकांश निको भइसकेको संघले जनाएको छ । संघका अनुसार बाँकी रहेका संक्रमित कर्मचारीहरु कोही होम आइसोलेसनमा त कोही अस्पतालमा बसेर उपचार गराइरहेका छन् ।

यती धेरै शंख्यामा कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेसम्म सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ ।

संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिजिटल सेवाहरु भने सधै खुला हुनेछन् । संघले यस अवधिमा बैंकिङ्ग कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।