स्वास्थ्य बीमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो


काठमाडौं – स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको छ।

बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ भुक्तानी गरिएको हो। बोर्डले उक्त रकम भुक्तानी गरेसँगै २०८२ सालसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी दायित्व सम्पन्न भएको जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूलाई लामो समयदेखि भुक्तानी बाँकी रहेको अवस्थामा बोर्डले अघिल्लो वर्षसम्मको दायित्व फर्छ्योट गरेको हो। यसबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरूको बक्यौता व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।