एनएलजी इन्स्योरेन्सको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन

एनएलजी इन्स्योरेन्सको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार । 
एनएलजी इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर वितरण र साधारण सभाको लागि मंगलबार (कार्तिक २५ गते) बुकक्लोजसँगै शेयरमूल्य समायोजन गरी नयाँमूल्य निर्धारण भएको हो ।

नेप्सेले एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ६६५.४२ रुपैयाँ शेयरमूल्य तोकेको छ । मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ७१२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

नेप्सेले तोकेको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कम्पनीको शेयर कारोबार खुलेको छ । नेप्सेको नियमित बजारमा समायोजित मूल्यभन्दा २ प्रतिशत घट।बढ भएर कारोबार हुने गरेको छ ।