सपोर्ट लघुवित्तको खुद नाफामा वृद्धि

सपोर्ट लघुवित्तको खुद नाफामा वृद्धि


बैंकिङ्ग समाचार । 
सपोर्ट लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ लाख ८२ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ११ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ३३ लाख रुपैंयाले बढेको हो ।

लघुवित्तको व्यवसायमा देखिएको सुधारका कारण खुद नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ९४ लाख २ हजार रुपैंयाबाट बढेर पौने २ करोड पुगेको छ ।

प्रतिशेयर आम्दानी २७ रुपैंया २७ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात २८.९५ गूणाले बढी छ ।