सूर्योदय लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ घट्यो

सूर्योदय लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ घट्यो


बैंकिङ्ग समाचार । 
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक प्रतिशेयर आम्दानी ३० रुपैयाँले घटेको छ । गत आवको पहिलो त्रैमासमा ५२.५६ रुपैयाँ रहेको यस लघुवित्तको इपिएस २२ रुपैयाँमा झरेको हो ।

चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको यस लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा दोब्बर पुग्दा प्रतिशेयर आम्दानीमा उच्च गिरावट देखा परेको हो ।

असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड ४१ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा २३ लाख ५२ हजारले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब २० करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ७८ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरको छ । यसबाट लघुवित्तले ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ४७ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

लघुवित्तको जगेडा कोषमा १२ करोड ८१ लाख १० हजार रुपैयाँ सञ्चित छ । यस्तै खराब कर्जा २.९३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५९.५७ रुपैयाँ, कोषको लागत ७.७८ प्रतिशत र मूल्य आम्दानी अनुपात ४१.९१ गुणा छ ।