एशियन लाइफद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख सहयोग


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख सहयोग उपलब्ध गराएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट विस्थापित परिवारको राहत तथा पुनः स्थापना, घाइतेहरूको उद्धार र उपचारका लागि कम्पनीले उक्त रकम सहयोग गरेको हो।

कम्पनीका अध्यक्ष दीपक कुमार श्रेष्ठले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड १ लाखको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ तथा होटल क्राउन इम्पेरियलका महाप्रबन्धक अभिक जंगबहादुर सिंहको उपस्थिति थियो।

कम्पनीले विपद्को यस घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा विस्थापित परिवारहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।