महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने


बैंकिङ्ग समाचार । 
महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिकसँग आइतबार एक सम्झौता गरेको हो । महालक्ष्मी विकास बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र एसआरएल डायगनोस्टिक कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले क्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट कार्डवाहक ग्राहकहरुका साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकले देशभरी रहेका १ सय ३ वटा शाखाहरुबाट बैंकिङ सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ । महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति पनि गरेको छ ।