काठमाडौं – नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरुप चेक हस्तान्तरण गरेको हो ।
शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका पुर्व अध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजय कुमार शाहले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । यस्तै, जावलाखेल डिष्टिलरीबाट १ करोड, हिमालयन डिष्टिलरीबाट १ करोड, हिमालयन बुलियन कम्पनीबाट १ करोड १ लाख हस्तान्तरण गरिएको छ ।
यस्तै चौधरी गु्रप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको छ । नेपाल आदर्श निर्माण कम्पनीबाट १० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ । यसैगरी गुड होम प्रडक्टस्बाट २ लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट २ लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट १ लाख १२ हजार, कास ट्रडिङबाट १ लाख ११ हजार १ सय ११, सिल्भर लाइनिङबाट १ लाख ११ हजार १ सय ११, ग्लोकल प्रा.लि.बाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ । यसअघि परिसंघको समन्वयमा गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ ।






About Us
प्रतिक्रिया