केही समयका लागि बाहिरिएको निक्षेप बैंकिङ्ग प्रणालीमा फर्कन थाल्यो, कर्जा विस्तारमा पनि सुधार

केही समयका लागि बाहिरिएको निक्षेप बैंकिङ्ग प्रणालीमा फर्कन थाल्यो, कर्जा विस्तारमा पनि सुधार


बैंकिङ्ग समाचार । 
केही समयका लागि बाहिरिएको निक्षेप क्रमश बैंकिङ्ग प्रणालीमा फर्कन थालेको छ । बैंकहरुको कर्जा विस्तारमा पनि सुधार देखिएको छ ।

कात्तिकको पहिलो साता बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप घटेकोमा दोस्रो र तेस्रो सातामा भने २३ अर्ब रुपैयाँ निक्षेप बढेको छ । कात्तिकको पहिलो साता दसैंका लागि बचतकर्ताले खर्च निकाल्दा बैंकहरुमा ४० अर्ब निक्षेप घटेको थियो । दसैं सकिएपछिको पहिलो सातामा १८ अर्ब तथा दोस्रो सातामा ५ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

पर्वपछि विस्तारै बैंकहरुको कर्जा विस्तारमा समेत सुधार आएको छ । कात्तिकको दोस्रो साता ३ अर्बले घटेको कर्जा तेस्रो सातामा ११ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले कात्तिक १४ देखि २१ गतेसम्म ११ अर्ब ऋण बढाएका विस्तार गरेका छन् ।

कातिक २१ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३० खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका र बैंकहरुको कुल निक्षेप ३६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । गत असोजको अन्तिम साता वाणिज्य बैंकहरुले ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।