मध्यरातमा बैंकको रकम लुट्ने प्रयास, माछापुच्छ्रे बैंकको एटिएमबाट युवक समातिए 

मध्यरातमा बैंकको रकम लुट्ने प्रयास, माछापुच्छ्रे बैंकको एटिएमबाट युवक समातिए 


बैंकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम बुथ फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । बैंकको काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा रहेको एटिएम बुथ फोडिरहेका १८ वर्षिय युवक पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका उनलाई आइतबार राति पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।