८ वाणिज्य बैंक र ६ लघुवित्तले गरे शेयरधनीलाई लाभांश घोषणा

८ वाणिज्य बैंक र ६ लघुवित्तले गरे शेयरधनीलाई लाभांश घोषणा


बैंकिङ्ग समाचार ।
आठ वटा वाणिज्य बैंक र आधा दर्जन लघुवित्तले आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

वाणिज्य बैंकर लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका आठ बैंकध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने भएको छ भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साथै, लाभांश घोषणा गरेका बैंकमध्ये बैंक अफ काठमाण्डौंले १६ प्रतिशत, ग्लोबल आइएमइ बैंकले १६ प्रतिशत, कुमारी बैंकले १४ प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले ११.८४ प्रतिशत,सिटिजन्स इन्टरनेसनल बैंकले ११ प्रतिशत र एभरेस्ट बैंकले १०.५३ प्रतिशत लाभांश पाउनेछन् । माछापुच्छ्रे बैंकले भने साधारण सभाका लागि असोज २२ गते नै बुकक्लोज गरिसकेको छ । 

बैंकले कार्तिक ६ गते आह्वान गरेको २२ औं वार्षिक साधारण सभा कोरोना संक्रमण बढेपछि स्थगति गर्दै २.८५ प्रतिशत नगद लाभांश अन्तिरिम लाभांशको रुपमा वितरण गरिसकेको छ । बैंकले स्थगित साधारण सभा अझै बोलाइसकेको छैन । हालसम्म लाभांश घोषणा गरेका बैंकमध्ये माछापुच्छ्रे बैंक बाहेक अन्य ७ वाणिज्य बैंकको शेयर खरीद गर्ने लगनीकर्ताले अझैपनि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंक अफ काठमाण्डूले पनि कार्तिक २८ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ भने । यसअनुसार कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा बोलाएको छ ।यसैगरी अन्य ६ वाणिज्य बैंकहरुले भने लाभांश वितरणका लागि बुकक्लोज गरिसकेका छैनन् ।

त्यस्तै, लघुवित्त संस्थामध्ये आरएसडिसीले सबैभन्दा कम सेयर र बानस सहित १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ भने समता लघुवित्तले सबैभन्दा धेरै २६.३२ लाभांश घोषणा गरेको छ । लघुवित्तमध्येमा मेरो माइक्रोफाइनान्सले १७.८३ प्रतिशत, फस्ट माइक्रोफाइनान्सले १३.६८ प्रतिशत, आसा लघुवित्तले १५.७९ प्रतिशत र आरएमडिसि लघुवित्तले २० प्रतिशत लाभांश दिने भएको छन् ।

लाभांश घोषणा गरेका लघुवित्त कम्पनीले समेत साधारण सभा तथा बुकक्लोज मिति तोकेका छैनन् । यसअनुसार ६ वटै लघुवित्तको शेयर खरीद गर्ने लगानीकर्ताले गत आर्थिक वर्षबाट घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरेपछि पाउनेछन् ।