सानिमा ग्रोथ फण्डको ५ प्रतिशत लाभांश घोषणा


काठमाडौं – सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्ष २०८२/८३ को लागि इकाईधनीहरूलाई ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साथै, सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। जसअर्थ, भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन्।