दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार


बैंकिङ्ग समाचार ।
साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ ।

दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।

६ कम्पनीको शेयरमूल्यमा सर्किट

आइतबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । सबै कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेका छन् ।

\"\"आजको बजारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, दिब्यश्वरी हाइड्रो, मिथिला लघुवित्त, युनिभर्सल पावर कम्पनी, र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

माउन्टेन हाइड्रो, बरुण हाइड्रोपावर, लक्ष्मी उन्नति कोषको इकाई, र कालिका पावरको शेयरमूल्ष्य पनि आज ७ प्रतिशत धेरैले बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार

आइतबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २५ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो ।

यसैगरी कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी दोस्रो स्थानमा रहेको छ ।कम्पनीको १५ करोड ९६ लाखको कारोबार हुँदा शिखर इन्स्योरेन्सको १२ करोड ३० लाख, अपि पावरको १२ करोड ८ लाख, बैंक अफ काठमाण्डूको १० करोड ४८ लाख र शिवम् सिमेन्ट्सको १० करोड ३५ लाख रुपैयाँको कारोबार भयो।

हिमाल दोलखा, अरुण भ्याली, एनटिसी र अरुण काबेली पावर शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।