काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूलाई सातौँ वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले आगामी भदौ २७ गते लहानस्थित विशाल होटलमा सो सभा बोलाएको हो। उक्त सभा बिहान ११ बजेदेखि सुरू हुनेछ।
कम्पनीले विशेष प्रस्ताव अन्तर्गत वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियम संशोधन स्वीकृत गर्ने विषय समावेश गरिएको छ। जारी चुक्ता पुँजी वृद्धि गर्ने तथा अन्य आवश्यक दफा र नियममा संशोधन गर्ने प्रस्तावसमेत राखिएको छ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन आएमा त्यसअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत रहेको छ।
त्यसैगरी, शेयरधनीलाई १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ। संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ‘ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावसमेत अघि सारेको छ। सञ्चालकहरूको भत्ता तथा सुविधा परिमार्जन गर्ने लगायतको प्रस्तााव विषेश प्रस्ताव अन्तर्गत अघि सारेको छ।
सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। साथै, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सदस्यसहित दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ। शेयरधनीको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी भदौ ११ गते शेयर कारोबार बन्द गरिने संस्थाले जनाएको छ। उक्त मितिपछि कायम हुने शेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।






About Us
प्रतिक्रिया