अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन


बैंकिङ्ग समाचार । 

अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेन निर्वाचित हुने पक्का भएको छ । अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेन निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी छ। तर उनले अहिलेसम्म पाएको मतका आधारमा प्रमुख समाचार माध्यमहरूले बाइडेनले राष्ट्रपतिको चुनाव जितेको घोषणा गरेका छन्। यो जितसँगै ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन्। 

आगामी जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन्। 

बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए। त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य 'मटेरियल' अर्थात् भविष्यमा राष्ट्रपति बन्न लायक ठानेका थिए। अमेरिकाको राष्ट्रपति हुन ३५ वर्ष पुगेको हुनुपर्छ।