कुमारी बैंकको लाभांश संशोधन, बोनस र नगद कति ?

कुमारी बैंकको लाभांश संशोधन, बोनस र नगद कति ?


बैकिङ्ग समाचार।
कुमारी बैंकले लाभांश संशोधन गरेको छ ।

बैंकले यसअघि आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई १०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत ३.१५ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

अहिले बैंकले लाभांश १४ प्रतिशत नै दिने भएपनि बोनस र नगदको दरमा परिवर्तन गरेको छ । संशोधित लाभांशमा बोनस १० र नगद ४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको लाभांश स्वीकृत गर्ने कार्यविधि २०७७ खण्ड (ख) लाभाशं स्वीकृत सम्बन्धी बुँदा नं ११ को प्रावधान अनुसार लाभांश दर संशोधन गरेको हो ।