कृषि तथा पशुपालन व्यवसायका लागि सिद्धार्थ बैंकले १० करोडसम्म कर्जा दिने

कृषि तथा पशुपालन व्यवसायका लागि सिद्धार्थ बैंकले १० करोडसम्म कर्जा दिने

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार।
सिद्धार्थ बैंकले १० करोडसम्मको कर्जा सुविधा दिनेगरी ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना ल्याएको छ।  

कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले बताएको छ।

यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने बैंकको विश्वास छ। साथै कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने बैंकको भनाइ छ।

याे कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था छ। उक्त कर्जा योजनाका प्रमुख विशेषताहरू निम्न यहाँ दिइएको छ।

१० करोड रुपैयाँ सम्मको कर्जा सुविधा

प्रशासनिक/नवीकरण शुल्क नलाग्ने

१५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने)

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो।

यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्रमा बुझ्न सकिन्छ। यससँगै ०१-५९७००२० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।