सिवाईसी नेपाल लघुवित्तको अध्यक्ष पद्मनाथ शर्माले दिए राजीनामा


काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्। शर्माले अध्यक्ष पदबाट भदौ १ गते राजीनामा दिएका हुन्।

संस्थाको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा भदौ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।