लुम्बिनी विकास बैंक १५.४५% ले नाफा बढाउन सफल, अन्य सूचक कस्ता ?

लुम्बिनी विकास बैंक १५.४५% ले नाफा बढाउन सफल, अन्य सूचक कस्ता ?


बैकिङ्ग समाचार । 
 लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १५.४५% बढी हो । अघिल्लो वर्ष बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोजसम्म बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ । 

यस्तै बैंकको खुद ब्याज आम्दानी भने २३५ ले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५.३४% ले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यस बैंकले १३ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २% बाट बढेर २.३६% भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।