ब्रोकर्स एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली पक्का

ब्रोकर्स एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली पक्का


बैकिङ्ग समाचार । 
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति भएको छ । बिहीबार निर्वाचन कार्यक्रम तोकिए तापनि स्टक ब्रोकरहरुले एसोसिएसनको नयाँ कार्यसमितिका निम्ति सर्वसहमति जुटाएपछि सन्तोष मैनाली अब स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुने भएका हुन् । 

यसैगरी हालका महासचिव धर्मराज सापकोटा उपाध्यक्ष र हालका कोषाध्यक्ष गुणनीधि भुसाल महासचिव हुने सहमति भएको जनाइएको छ । स्टक ब्रोकर्स एसोसिएसनको नयाँ कार्यसमितिका अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । 

झापा स्थायी घर भएका मैनाली ब्रोकर क्षेत्रकै अध्ययनशील र असल व्यक्तित्वका रुपमा चिनिन्छन् ।नवनियुक्त अध्यक्षसमक्ष ब्रोकर इन्डस्ट्रीको पेसागत सुरक्षाका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसन कटौती लगायतको चुनौतिपूर्ण अवस्था छ ।