रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ६२ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ६२ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?


रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचक उत्साप्रद, खुद नाफा ६२ प्रतिशत बढ्यो
बैकिङ्ग समाचार ।
रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६२.४३ प्रतिशतले बढाएको छ । यस्तै यस अवधिमा कम्पनीको खुद बीमाशूल्क आर्जन झण्डै दोब्बर पुगेको छ ।

गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा ६३ लाख कित्ता आईपिओ बिक्री गरेको कम्पनीके अधिकांश सूचकमा उत्साहप्रद सुधार देखिएको छ । कुशल व्यवस्थापनका कारण रिलायन्स लाइफको अपरिष्कृत वित्तीय विवरण प्रगतिउन्मुख देखा परेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १ करोड १५ लाख ५९ हजारे नाफा बढेको हो ।

यस्तै कम्पनीले असोज मसान्तसम्ममा खुद बीमाशूल्क आर्जनलाई ९१.९८ प्रतिशत (२२ करोड २८ लाख ९३ हजार) ले वृद्धि गर्दै ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ।

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५.७३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०९.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०४.७५ गुणा छ।

असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोषको आकार ५५.८४ प्रतिशत बढेर १७ करोड ३० लाख १३ हजार रुपैयाँ पुगेको छ भने जीवन बीमा कोषमा १४६.९१ प्रतिशतको आकर्षक सुधार भई १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ सञ्चित भएको छ । यस्तै महाविपत्ती कोष पनि ५५.८४ प्रतिशतले बढेर १ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ।

रिलायन्सले चालु आवको तीन महिनामा ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्म २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको पुगेको छ । कम्पनीले ४ हजार १३८ बीमालेख जारी गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा कुल १२ दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४ वटा दाबीबापतको परेको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीले १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ अल्पकालीन र १ अर्ब ७५ करोड ४९ लाख दीर्घकालीन लगानी तथा कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ३ करोड ११ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै बीमालेख धितोमा इन्स्योरेन्सले बीमालेख १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेर १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ।