छिमेक लघुवित्तद्वारा पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीहरू आग्रह


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझी लिन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०६९/०७० देखि २०७६/०७७ सम्मको नगद लाभांश बुझी लिन आग्रह गरेको हो।

उक्त सूचीमा उल्लिखित शेयरधनीहरूले आफ्‌नो परिचय खुल्ने कागजात सहित वित्तीय संस्थाको केन्द्रीय कार्यालय, मध्य वानेश्वर वा एनएमवी क्यापिटल, वालुवाटारमा सम्पर्क राखी उक्त बाँकी नगद लाभांश रकम बुझिलिनका लागि यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र आफ्नाे बक्यौता लाभांश संकलन गर्न सक्नेछन्।

तोकिएको अवधिमा लाभांश संकलन नगर्ने लगानीकर्ताको लाभांश कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। साथै, यस संस्थामा विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नरहेका तथा दाबी नपरेका निक्षेप खाताहरुको विवरण यस वित्तीय सस्थाको वेबसाइट राखिएको छ।

उक्त विवरणमा उल्लिखित निक्षेपकर्ता तथा हकवालाले आवश्यक प्रमाणसहित खाता सुचारु वा दाबी भुक्तानीको लागि यस वित्तीय संस्थाको सम्बन्धित शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ।