४ अंकले घट्यो नेप्से, प्राइम बैंकको कारोबारमा उछाल

४ अंकले घट्यो नेप्से, प्राइम बैंकको कारोबारमा उछाल


बैकिङ्ग समाचार । 

सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से परिसूचक १६३६ अंकमा कायम भएको छ। 

यस दिन २ सय कम्पनीको २ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ ७.९, ब्यापार १९, निर्जीवन बीमा १६, उत्पादन ४ र  माइक्रोफाइनान्स समूह १३ अंकले घटेको छ। अन्य र फाइनान्स समूह १ अंकमुनि रातो रहे। 

होटल ४.८, विकास बैंक ५, जलविद्युत १३.९ र जीवन बीमा १. ३ अंकले बढेको छ। 

नाफाका आधारमा यस दिन सानिमा जनरल इन्स्योरेन्स, रैराङ हाइड्रोपावर, गुराँस फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ। 

प्राइम बैंकको उच्च कारोबार

चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको बैंकको नाफामा आकर्षक सुधार गरेपछि बिहीबार उच्च कारोबार भएको छ । बैंकको आज २० करोड ८४ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो । 

यसैगरी अरुण काबेली पावरको १८ करोड ५४ लाख, एभरेष्ट बैंकको १६ करोड ४५ लाख, अपि पावरको १४ करोड ३४ लाख, हिमालयन डिष्टिलरीको पनि १० करोड बढीको शेयर खरीद बिक्री भएको छ ।