काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूलाई भदौ १४ गते विशेष साधारण सभा बोलाएको छ। संस्थाको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा भक्तपुरको वाचामारी, जगातीस्थित होटल भ्युमा आयोजना गर्ने निर्णय गरेको हो। सो सभा बिहान १०.३० बजे सुरु हुनेछ।
सभामा जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको पुनः समायोजित मूल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा गरेको पुनः समायोजनअनुसार शेयर आदानप्रदान अनुपात सहित मर्जरसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ।
सो सभा प्रयोजनका लागि भदौं ५ गते १ दिन वित्तीय संस्थाको शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहने कम्पनीले जनाएको छ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदौं ४ गतेसम्म कारोबार भई प्रचलित कानून अनुसार तोकिएको समयावधि भित्र संस्थाको शेयर रजिष्ट्रार नेपाल एस.बि.आई बैकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउनेछन्।







About Us
प्रतिक्रिया