काठमाडौं – इन्फीनिटी लघुवित्तले आजदेखि १५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
कम्पनीको सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया