सिटिजन्स बैंकको लाभांश संशोधन 

सिटिजन्स बैंकको लाभांश संशोधन 


बैकिङ्ग समाचार ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। 

यस अघि बैंकले सो चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बैंकले यस अघि प्रस्ताव गरेको कुल लाभांश अर्थात ११ प्रतिशत भने यथावत रहेको जनाएको छ।

\"\"

कात्तिक १९ गते बसेको सञ्चालक समितिको ३४६ औँ बैठकले सो संशोधन गरेको हो। नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।