काठमाडौं – पायोनियर मोटो कर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा चेरी क्यूलाई सार्वजनिक गरेको छ । दैनिक सहरी यात्रालाई सहज बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।
जसले एनइडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विस्वास छ ।

यसमा कम्फर्टक मूल्य ३४ लाख ४९ हजार, प्रिमियमको ३५ लाख ९९ हजार तोकिएको छ । नाइमा अफरमा कम्फर्टको ३० लाख ९९ हजार र प्रिमियमको ३२ लाख ९९ हजार तोकिएको छ । चेरी क्युले रेडडट डिजाइन अवार्ड २०२५ तथा इफ डिजाइन अवार्ड २०२६ प्राप्त गरेको छ ।








About Us
प्रतिक्रिया