काठमाडौं – निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी निसान टेकटन नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको छ। निसान टेकटन ‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ। गत जुलाई ९ मा भारतको मुम्बईमा सम्पन्न विश्वव्यापी सार्वजनिक प्रदर्शनपछि दक्षिण एसियाली बजारमा ल्याइएको यो एसयूभीले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ।
निसानको फ्ल्यागशिप एसयूभी निसान पेट्रोलबाट प्रेरित टेकटनमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, अपराइट स्टान्स, सिग्नेचर सी–सेप्ड एलईडी लाइटिङ तथा होरिजोन्टल फ्रन्ट डिटेलिङ राखिएको छ। यसले सहरी सडकदेखि पहाडी राजमार्गसम्म प्रभावशाली उपस्थिति दिने गरी एसयूभी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
टेकटनको भित्री भागमा टेक–लिंक एचडी इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता कनेक्टिभिटी सुविधा रहेका छन्। इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यु क्यामेरा, ई–सिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिसले यात्रालाई थप सहज र आरामदायी बनाउने कम्पनीको भनाइ छ।
नयाँ एसयूभीमा ७०० लिटरसम्मको बुट स्पेस, ६ वटा एयरब्याग तथा ३६० डिग्री क्यामेरा लगायतका सुरक्षा तथा सुविधा प्रविधि उपलब्ध छन्। इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङजस्ता उन्नत चालक सहायता प्रणालीले थप सुरक्षित तथा आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
पावरट्रेनतर्फ निसान टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ। यसले अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। विशेषगरी टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन र ई–सिफ्टर उपलब्ध रहेको छ, जसले सहज गियर परिवर्तन, राम्रो नियन्त्रण र आत्मविश्वासी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागी आगन्तुकहरूले निसान टेकटनलाई प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको विशेषता तथा प्रविधिबारे जानकारी लिन र निसानका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्।








About Us
प्रतिक्रिया