ज्योति लाईफले स्वास्थ्यकर्मीहरुको सामूहिक बीमा गरिदिने

ज्योति लाईफले स्वास्थ्यकर्मीहरुको सामूहिक बीमा गरिदिने


बैकिङ्ग समाचार ।
ज्योतिलाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा बीमा गरिदिने भएको छ । कम्पनील र एशोशिएशनबीच बुधबार भएको सम्झौता अनुसार कम्पनीले सहुलियत दरमा सामूहिक जीवन बीमा गरिदिने भएको हो । 

सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री र एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवनबीमा गर्न पाउने छन् । कम्पनीले उक्त सम्झौता अनुसार एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस, कालगति, बिरामी, हृदयघात वा कुनैपनि कारणबाट हुने मृत्युको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ ।

सामूहिक जीवनबीमा अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गर्न सक्ने जनाइएको छ ।