कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकहरुका सबै शाखा बन्द 

कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकहरुका सबै शाखा बन्द 


बैकिङ्ग समाचार ।

बैंकर्स संघले दशैं विदामा बैंकका शाखाहरु बन्द गर्ने भएको छ । जसअनुसार कात्तिक ७ गतेदेखि ११ गतेसम्म शाखाहरु बन्द हुने बेंकर्स संघले जनाएको छ । 

नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने भन्दै डिजिटल मार्फत कारोबार गर्न अनुरोध गरेको छ । 

बैंकर्स संघले एटीएम मार्फत भने सेवा पूर्ण रुपमा सुचारु रहने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमण बढेसँगै समस्याहरु थपीएका छन् । 

हालसम्म वाणिज्य बैंकका ३ हजार ७ सय बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

\"\"