बैंक अफ काठमाण्डुबाट दसैंमा दक्षिणा दिँदा ३०० सम्म नगद उपहार

बैंक अफ काठमाण्डुबाट दसैंमा दक्षिणा दिँदा ३०० सम्म नगद उपहार


बैकिङ्ग समाचार ।  
दसैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डु लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ। 

व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले 'तीनमा तीन सय' नगद उपहार योजना ल्याएको बैंकले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। 

योजना अन्तरगत बैंकका ग्राहकले तीन पटक भिन्न-भिन्न व्यक्तिलाई मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा दिँदा एक हजार वा योभन्दा बढी भएमा तीन सय नगद उपहार पाइनेछ।

यस योजनामा सहभागी हुन ग्राहकले केही शर्त भने पालना गर्नुपर्ने बैंकले बताएको छः 

१. ग्राहकले बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कम्तीमा ३ पटक रकमान्तर गर्नुपर्नेछ। तीनै पटक दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनु पर्नेछ।

२. उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावले ३ कारोबारमा एक हजार रूपैयाँ वा सोभन्दा बढी रकम हुनु पर्नेछ। 

४. दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोन पे प्रयोग गर्नुपर्नेछ साथै अन्य बैंकमा भएको खातामा पनि दक्षिणा रकमान्तर गर्न सकिन्छ। 

५. ग्राहकहरुले दक्षिणा कारोबारको विवरणमा 'DAKSHINA' राख्नु पर्नेछ।

६. यो योजनामा सहभागी हुन विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ।