काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था र सञ्जीवनी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया सम्पन्न भएको छ। यी दुवै संस्थाबिच साउन १८ गते अर्थात् आज मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र मा हस्ताक्षर भएको हो।
गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको हो। साथै, कम्पनीले मर्जर प्रक्रिया पूरा भई सम्बन्धित साधारणसभा सम्पन्न नहुन्जेल आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई अनुरोध समेत गरेको छ।







About Us
प्रतिक्रिया