बैकिङ्ग समाचार ।
प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
सिद्वार्थनगर नगरपालिकास्थित कार्यलयमा कात्तिक ५ गतेदेखि कारोबार सुरु भएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने विश्वास बैंकले लिएको छ।
प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा एटिएम ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत् प्रविधियुक्त गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।





About Us
प्रतिक्रिया