सिद्धार्थ बैंकको दसैं योजना

सिद्धार्थ बैंकको दसैं योजना


बैकिङ्ग समाचार ।  
सिद्धार्थ बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ  बैंक स्मार्टमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ। 

चाडपर्व लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले साथ एफ वान सफ्टसँग सहकार्य गरी बैंकले यस्तो योजना ल्याएको हो।

यस योजना अन्तर्गत ग्राहकहरुले बैंकस्मार्ट मार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्ने बैंकले बताएकाे छ।

सिद्धार्थ बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप 

कार्तिक ६ देखि मंसिर ५ गते सम्म पहिलोपटक बैंकस्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको मोबाइल टपअप। 

डिजिटल दक्षिणा 

कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखि तीनपटक रकम (न्यूनतम १०० रुपैयाँ) ट्रान्सफर गर्दा ३०० सयसम्म क्यास ब्याक। 

पहिलो र थप तीन कारोबारमा क्यास ब्याक

कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा माइ फस्ट पहिलोपटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत (अधिकतम १०० रुपैयाँ) क्यास ब्याक।

थप तीन कारोबार गर्दा ३०० रुपैयाँ क्यास ब्याक। यस क्यास ब्याक पाउन ५०० रुपैयाँ वा सो भन्दा बढी रकमको कारोबार गर्नु पर्ने।

यसैगरीे कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कम्तीमा दश वा सो भन्दा बढी कारोबार गर्दा एफ वान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ। 

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ।