५ अंकले घट्यो नेप्से, सवा अर्बको कारोबार 

५ अंकले घट्यो नेप्से, सवा अर्बको कारोबार 


बैकिङ्ग समाचार । 
सेयर बजारको परिसूचक नेप्से आइतबार ५ अंकले झरेको छ। ५.६ अंकले घटेको नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ। 

यस दिन १८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओर्लिएका छन्। ब्यापार १३, निर्जीवन बीमा ३१ अंकले बढेका छन्।

बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन्। 

जनरल इन्स्योरेन्सका लगानीकर्ताले करिब १० प्रतिशत मूल्य कमाएका छन्। त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५. २६ प्रतिशतले बढेको छ। 

रैराङ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७. ५ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको मूल्य ६. २ प्रतिशतले घटेको छ।

हिमालयन बैंकको संस्थापकतर्फको सबैभन्दा उच्च २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।