नेपाल बैंकबाट अब ६ वटा सेवा निःशुल्क

नेपाल बैंकबाट अब ६ वटा सेवा निःशुल्क


बैकिङ्ग समाचार । 
नेपाल बैंक लिमिटेडले ८४ औं वार्षिकोत्सवका सन्दर्भमा विभिन्न सेवा निःशुल्क गरेको छ। नेपाल बैंकले कात्तिक १ गतेदेखि लागु हुनेगरी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत सेवाहरूमा शुल्क नलाग्ने बनाएको छ। 

त्यस्तै डिम्याट खाता खोल्न, मेरो सेयर सेवा, आस्वा सेवा सुरु गर्न पनि पैसा नलाग्ने बनाएको बैंकले जनाएको छ। बैंकले अब उप्रान्त भिसा डेबिट कार्ड पनि निःशुल्क नै उपलब्ध गराउने घोषणा गरेको छ। 

विसं १९९४ कात्तिक ३० गतेबाट सेवा सुरु गरेको सरकारी स्वामित्वको नेपाल बैंकको नेपालभर १ सय ९१ शाखा रहेका छन्। 
१ सय २६ एटीएम र ३६ वटा एक्सटेन्सन काउन्टर रहेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताएका छन्।