एभरेष्ट बैंकले किसानलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने

एभरेष्ट बैंकले किसानलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने


बैकिङ्ग समाचार । 
एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषिऋण प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।

बैंकले ७ प्रदेशमा रहेका ९८ शाखा कार्यालय , ३० राज्वस्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा रहेका एटीएमबाट बैकिङ सेवा प्रदान गर्दै आएको छ ।