सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, झण्डै ६ लाखले पाएनन शेयर

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, झण्डै ६ लाखले पाएनन शेयर


बैकिङ्ग समाचार । 
सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ आज (असोज ३० गते) बाँडफाँड भएको छ। शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खालि भएको छ।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकले १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता शेयर माग गरेका थिए । जसमध्ये ३ हजार ३ सय ६० जना आवेदकको ६२ हजार २ सय ८० कित्ताका लागि परेको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।